रोनाल्डोलाई विस्थापित गर्न सक्दैनन् नेमार वा हजार्ड : माइकल

एजेन्सी । रियल मेड्रिडका पूर्व डिफेन्डर माइकल सलगाडोका अनुसार पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई स्पेनीस क्लबमा कसैले विस्थापित गर्न नसक्ने बताएका छन् । साथै उनले बर्नबेयुमा नेमार र हजार्ड आउने कुरा भन्दा पनि रोनाल्डो बिनाको एउटा नयाँ टोली बनाउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

रियलका अलटाईम लिडिङ्ग गोलस्कोरर समेत रहेका रोनाल्डोले मंगलबार राती युभेन्ट्स जाने स्थानान्तरण प्रक्रिया पूरा गरेका थिए । रोनाल्डोले इटालियन जायन्टसँग चार बर्षको सम्झौता गरेका छन् । चर्चित फुटबल साईट गोलका अनुसार चेल्सीका इडन हजार्ड र लिभरपुलका मोहमद सलाहलाई रोनाल्डोको उत्तम विकल्प मानिएको छ ।

रोनाल्डोको युभेन्ट्स स्थानान्तरण अघि रियलले एक आधिकारिक वक्तव्य निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेमार र किलियन एम्बाप्पेलाई बर्नबेयु ल्याउने सम्भावित अनुमानलाई अस्वीकार गरेको थियो । उता रियलका पूर्व स्टार डिफेन्डर सलगाडोको बुझाईमा क्लबका नयाँ म्यानेजर जुलेन लोपेतेगीले रोनाल्डोको विकल्पका रुपमा अन्य ठूला स्टारलाई खोज्न नहुने बताउँछन् ।


यद्यपि उनले नेमार र हजार्डले रियलको टिमलाई फेरि बलियो बनाउन र पुरानै लयमा फर्काउन सक्ने कुरा भने स्वीकारेका छन् । मिडियासँग कुराकानीका क्रममा सलगाडो भन्छन्, “रोनाल्डोलाई कसैले विस्थापित गर्न सक्दैन । रोनाल्डोलाई विस्थापित गर्ने प्रयास गर्नु गलत हो । व्यक्तिगत रुपमा उनलाई विस्थापित गर्न सकिंदैन ।

तपाईंले एकजुट भएर काम गर्न सक्ने एउटा नयाँ टिम बनाउने प्रयास गर्नुपर्छ । जुन गोल रोनाल्डोले गरेका थिए त्यो अब टिमले अर्को तरीकाबाट गर्न सक्छ । केवल एउटा खेलाडी मात्र होईन बरु हुन सक्छ पूरै सिस्टम । रुसमा हजार्ड निकै उत्कृष्ट रहे । नेमार यस्ता खेलाडी हुन् जसले फरकपन ल्याउन सक्छन् । मलाई विश्वास छ रियल मेड्रिडले उनलाई मन पराउनेछन् । यी दुई मध्ये कोही पनि महत्वपूर्ण हुन सक्छन् ।”


प्रतिक्रिया दिनुहोस

Loading...