चेल्सीद्वारा कोन्टे बर्खास्त

एजेन्सी । अन्ततः चर्चित इङलिस प्रिमियरशिप क्लब चेल्सीले आफ्नो इटालियन म्यानेजर एन्टोनियो कोन्टेलाई बिहीबार बिहान बर्खास्त गरेको छ । चेल्सीले कोन्टेसँगको ९ मिलियन पाउण्डमा सम्झौता रद्द गर्ने सहमति भएपछि ४८ बर्षिय कोन्टेले स्टामफोर्ड ब्रीज छोड्ने पक्का भएको हो ।

सन् २०१६ मा इटालीको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी छोड्दै लण्डन आएका कोन्टेले चेल्सीलाई आफ्नो पहिलो कार्यकाल मै २०१६–१७ को प्रिमियर लिग उपाधि जिताएका थिए । त्यस्तै चेल्सीलाई अन्तिम उपाधिका रुपमा उनले गत सिजन् २०१७–१८ मा प्रतिष्ठित एफए कपको उपाधि जिताएका थिए ।

गत सिजन खराब प्रदर्शन गर्दै चेल्सी प्रिमियर लिग तालिकाको शिर्ष चार भित्र पनि पर्न नसकेपछि स्टामफोर्ड ब्रीजमा कोन्टेको भविष्यलाई लिएर अनेक अडकलबाजी काट्न थालिएको थियो ।

क्लबले अब कोन्टेको पहिलो विकल्पका रुपमा मौरिजियो सार्रीलाई हेरेको छ । त्यस्तै इटालिन लिजेण्ड जियानफ्रान्को जोला पनि चेल्सीको सम्भावित म्यानेजरको रेसमा छन् । यद्यपि त्यसमध्ये पनि सार्रीको सम्भावना प्रबल रहेको स्रोतको दावी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...