मेसी कै कारण ला लिगा छोडेर युभेन्ट्स गए रोनाल्डो : गिग्स

एजेन्सी । म्यानचेष्टर युनाइटेड लिजेण्ड रेयान गिग्सका अनुसार रियल मेड्रिडका पूर्व पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले इटालीमा राज गर्न युभेन्ट्समा आवद्ध भएको बताएका छन् । यो यस्तो निर्णय हो जुन अहिलेसम्म लियोनल मेसीले गरेका छैनन् ।

गिग्सका अनुसार मेसीभन्दा थप उत्कृष्ट बन्नका लागि रोनाल्डोले युभेन्ट्स रोजेको बताएका छन् । पछिल्ला एक दशकदेखि यी दुई खेलाडीबीच विश्वको उत्कृष्ट फुटबलर बन्ने होड चल्दै आएको छ । यी दुवै स्टारले पछिल्लो दश बर्षदेखि प्रतिष्ठित बेलन डिअर अवार्डमाथि कब्जा जमाउँदै आएका छन् ।

रोनाल्डोले इङल्याण्ड र स्पेनको लिग उपाधि जितिसकेका छन् र उनले पोर्चुगलका लागि अन्तर्राष्ट्रिय उपाधि समेत जितिसकेका छन् । उता मेसीले क्लबस्तरमा सबै जसो उपाधि जितिसकेका छन् । यद्यपि यी अर्जेन्टिनी स्टारले देशका लागि भने हालसम्म मुख्य उपाधि जित्न सकेका छैनन् ।


म्यानचेष्टर युनाइटेडबाट रोनाल्डोसँग एकसाथ खेलिसकेका गिग्सका अनुसार रोनाल्डोले इटाली रोज्नुको कारण उनले आफूलाई उत्कृष्ट प्रमाणित गर्न कै लागि हुन सक्ने बताएका छन् ।

आईटिभीसँग कुराकानीका क्रममा गिग्सले भनेका छन्, “मलाई अचम्म लागेको छ कि रोनाल्डोले रियल मेड्रिड छोडेर इटाली जाँदैछन् । मलाई लाग्छ यो उसको लागि एउटा ठूलो चुनौति हुनेछ तर उनी एक ठूलो क्लबमा जाँदैछन् । तपाईंको बायोडाटामा रियल मेड्रिड, म्यानचेष्टर युनाइटेड र युभेन्ट्स जस्ता क्लब हुनु एउटा शानदार उपलब्धी हो ।

रोनाल्डोलाई मेसीभन्दा उत्कृष्ट बन्ने जोश चलेको छ । उनको मनमा मैले इङल्याण्डमा गरे, स्पेनमा गरे, मैले देशका लागि गरे अब इटाली जाँदैछु भन्ने भावना उब्जिएको छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...