तस्विरहरुमा हेर्नुहोस प्रेसिडेन्ट कपको सेमिफाइनलतर्फ पहिलो लेगमा रोहितको टोली जकार्ताको शानदार जित (फोटो फिचर्स)

काठमाडौं (एजेन्सी) । इन्डोनेसियन प्रेसिडेन्ट कपको पहिलो सेमिफाइनलतर्फ पहिलो लेगमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले शानदार जित हात पारेको छ । शनिबार सम्पन्न पहिलो लेगमा जकार्ताले पिएसएमएस मेडनलाई ४–१ ले हरायो ।

जकार्ताको जितमा क्रोएशियन फरवार्ड । मार्को सिमिकले खेलको ४, १२ र ७४ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै थप एक गोल जयमर्सनले १५ औं मिनटमा गरेका थिए । उता पराजित मेडनका लागि गेसन एसोले ४१ औं मिनटमा एक मात्र गोल फर्काएका थिए ।

यो जितसँगै जकार्ताले प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । सेमिफाइनलतर्फको दोस्रो लेग भोली सोमबार हुनेछ ।

तस्विरहरुमा हेर्नुहोस जकार्ताको जित र रोमाञ्चकता :

(तस्विरहरु लिगा इण्डोनेसिया)


प्रतिक्रिया दिनुहोस

Loading...