म्युनिखको जितमा लेवान्डोस्कीको किर्तिमानी गोल (भिडियोसहित)

गोल गरेपछि म्युनिखका रोबर्ट लेवान्डोस्की । (तस्विर एजेन्सी)

एजेन्सी । पोलिस स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लबका लागि किर्तिमानी गोल गरेको खेलमा लिग लिडर बायर्न म्युनिखले साल्केमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ । एलियान्ज ऐरेनामा सम्पन्न खेलको छैंटौ मिनटमै रोबर्टले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए ।

यो गोलसँगै बुण्डेसलिगाको एउटै सिजनमा लगातार ११ घरेलु म्याचमा गोल गर्ने आफ्ना म्यानेजर जप हेङकेसको किर्तिमानको बराबरी गरे । शनिबार उक्त खेलमा ७२ बर्षिय हेङकेस अस्वस्थताका कारण मैदानमा उपस्थित थिएनन् । हेङकेसले उक्त किर्तिमान सन् १९७२–१९७३ मा बोरुसिया मोन्चेजग्लाडबेचबाट खेल्दा कायम गरेका थिए ।

त्यस्तै खेलको २९ औं मिनटमै साल्केका फ्रान्को डि सान्टोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर ३६ औं मिनटमै थोमस मुलरले दोस्रो गोल गर्दै घरेलु टोली म्युनिखको जित सुनिश्चित गरे । जितसँगै २२ खेलबाट ५६ अंक जोडेको म्युनिख १८ अंकको स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै पराजित साल्के भने ३५ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...