रियलको जितमा रोनाल्डोको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । ला लिगामा यस सिजन खराब लयबाट गुज्रिरहेका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले शनिबार राती रियल सोसिडाडबिरुद्ध ५–२ को जितमा ह्याट्रिक गरेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेयुमा सम्पन्न खेलमा रोनाल्डोले खेलको २७, ३७ र ८० औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । रियलका लागि यो उनको ३३ औं ह्याट्रिक थियो ।

यद्यपि शनिबार खेलको पहिलो मिनटमै लुकास भाजक्वेजले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै टोनी क्रुसले ३४ औं मिनटमा थप एक गोल गरेका थिए । उता पराजित सोसिडाडका लागि खेलको ७४ औं मिनटमा जोन बाउटिस्टा र ८३ औंं मिनटमा असिर इल्लारमेन्डीले एक–एक गोल फर्काए ।

जितसँगै रियल २२ खेलबाट ४२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि शिर्ष स्थानमा रहेको बार्सिलोभन्दा १६ अंकले पछाडी छ । पराजित सोसिडाड भने २६ अंकका साथ १४ औं स्थानमा छ ।

शनिबार नै भएका अन्य खेलहरुमा ५२ अंकका साथ दोस्रो स्थानमा रहेको एटलेटिको मेड्रिडले मालागालाई १–० ले हरायो भने अलाभेसले भिल्लारियललाई २–१ ले स्तब्ध तुल्यायो ।

म्याच हाईलाईट भिडियो हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस

Loading...