सिटीको शानदार जितमा एग्वेरोको ह्याट्रिक (भिडियोसहित)

सिटीका लागि गोल गरेपछि सर्जियो एग्वेरो । (तस्विर एजेन्सी)

एजेन्सी । अर्जेन्टिनी फरवार्ड सर्जियो एग्वेरो एक्लैले चार गोल गरेपछि प्रिमियर लिगमा शनिबार राती म्यानचेष्टर सिटीले लेस्टर सिटीमाथि ५–१ को शानदार जित हात पारेको छ । एतिहाद स्टेडियममा सम्पन्न खेलको तेस्रो मिनटमै रहिम स्टर्लिङको गोलबाट सिटीले शुरुवाती अग्रता लिएको थियो ।

तर २४ औं मिनटमा लेस्टरका जेमी भार्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ बराबरीमा सकिए तापनि दोस्रो हाफमा अर्जेन्टिनी स्टार एग्वेरोले चार गोल गर्दै ह्याट्रिक समेत पूरा गरे भने सिटीलार्ई महत्वपूर्ण ३ अंक समेत दिलाए ।

एग्वेरोले खेलको ४८, ५३, ७७ र ९० औं मिनटमा गोल गर्दै घरेलु टोलीलाई शानदार जित दिलाए । यस सिजन एग्वेरोले १० खेलमा १३ गोल गरिसकेका छन् । खेलपश्चात सिटीका प्रशिक्षक पेप गार्डिओलाले पनि एग्वेरो कै कारण लेस्टरलाई हराउन सफल भएको प्रतिक्रिया दिए ।

जितसँगै सिटी २७ खेलबाट ७२ अंकका साथ लिगको शिर्ष स्थानमा यथावत छ । पराजित लेस्टर भने ३५ अंकका साथ ८ औं स्थानमा छ ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...