पिएसजीको जितमा नेमारको निर्णायक गोल (भिडियोसहित)

गोल गरेपछि नेमार । (तस्विर एजेन्सी)

एजेन्सी । फ्रेन्च लिग वानमा शनिबार राती ब्राजिलियन स्टार नेमारले एक मात्र निर्णायक गोल गरेपछि लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई शून्यकाविरुद्ध १ गोलले हराएको छ ।

स्टेडियममा अफ म्युनिसिपलमा सम्पन्न उक्त खेलको ६८ औं मिनटमा नेमारले एक मात्र निर्णायक गोल गर्दै पिएसजीको शिर्षतालाई कायम राखे । क्लबका लागि नेमारको यस सिजन यो २७ औं गोल थियो । जितसँगै पिएसजी २५ खेलबाट ६५ अंकका साथ शिर्ष स्थानमा छ । पराजित टुलुज भने २६ अंकका साथ १५ औं स्थानमा छ ।

शनिबार नै एन्गर्सलाई ४–० ले हराएको डिफेन्डिङ च्याम्पियन मोनाको भने ५३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एक अंकले पछाडी मार्सेली भने तेस्रो स्थानमा झरेको छ ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...