उत्तरी लण्डन डर्बीमा केन निर्णायक (भिडियोसहित)

गोल गरेपछि डेले अली (बाँया) का साथ खुशीयाली मनाउँदै हेरी केन । (तस्विर एजेन्सी)

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार टोटेनह्याम हट्सपरले छिमेकी प्रतिद्वन्द्वी आर्सनललाई १–० ले हराउँदै अंकतालिकाको शिर्ष चारभित्र रहेर सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ ।

वेम्बलीमा भएको उत्तरी लण्डन डर्बीमा टोटेनह्यामका लागि उत्कृष्ट लयमा रहेका चर्चित फरवार्ड हेरी केन निर्णायक रहे । केनले खेलको ४९ औं मिनटमा बेन डेभिसको क्रस पासमा हेडद्वारा एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै टोटेनह्याम २७ खेलबाट ५२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । र यस सिजन अंकतालिकाको शिर्ष चारभित्र रहेर प्रिमियर लिगको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ । उता पराजित आर्सनल भने ४५ अंकका साथ छैटौं स्थानमा छ ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...