महारेज अफ्रिकाको उत्कृष्ट फुटबलर घोषित

खेलदैनिक पुस २२  |  लेस्टर सिटीका फरवार्ड रियाद महारेज कन्फेडरेन अफ अफ्रिकनद्वारा वर्ष खेलाडी घोषित भएका छन् ।

२५ वर्षीय अल्जेरियन खेलाडीले लेस्टरलाई प्रिमियर लिगको उपाधि जित्न प्रमुख भूमिका खेलेका थिए । उनले यसअघि पिएफए वर्ष खेलाडी र बिबिसी अफ्रिकन वर्ष खेलाडीको उपाधि जितिसेका छन् ।

बोरुसिया डर्टमण्डका गाबोनिज खेलाडी पेरे एमेरिक आउबामेयाङ दोस्रो तथा लिभरपुल तथा सेनेगलका स्ट्राइकर साडियो माने तेस्रो भए ।

अर्सनल तथा नाइजेरियाका फरवार्ड एलेक्स आवोबी वर्ष युवा खेलाडी घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...