कासिलासलाई एनफिल्ड ल्याउन चाहन्छ लिभरपुल !

इकर कासिलास । (तस्विर एजेन्सी)

एजेन्सी । युरोपियन सञ्चारमाध्यमहरुका अनुसार इङलिस क्लब लिभरपुलले रियल मेड्रिडका पूर्व चर्चित गोलरक्षक इकार कासिलासलाई आउँदो जनवरीमा अनुबन्ध गर्न चाहन्छ ।

३६ वर्षिय कासिलास हाल पोर्चुगिज क्लब एफसी पोर्टोबाट खेलिरहेका छन् र स्रोतका अनुसार आउँदो जनवरीमा पोर्टोले कासिलासको अनुबन्ध फुकुवा गर्ने सम्भावना प्रबल छ ।

उता लिभरपुलका म्यानेजर यर्गन क्लप अहिले पनि एक राम्रो गोलरक्षकको खोजीमा छन् । हाल क्लबमा रहेका दुई गोलरक्षक लोरिस करिउस र सिमोन मिग्नोलेबाट सन्तुष्ट छैनन् क्लप ।

रिपोर्टअनुसार लिभरपुलसँगै अर्को इङलिस क्लब न्यूक्यासल युनाइटेडले पनि कासिलासमाथि नजर लगाईरहेको छ ।

कासिलास एक अनुभवी गोलरक्षक हुन् । स्पेनीस जायन्ट रियल मेड्रिडमा १६ वर्ष बिताउने क्रममा ५१० म्याच खेलेका उनले मेड्रिडलाई थप उचाईमा पुर्याउनुका साथै थुप्रै उपाधि समेत दिलाए । उनको यीनै अनुभवहरुलाई हेरेर पनि लिभरपुलले कासिलासलाई एनफिल्ड भित्राउन चाहन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...