काराबाओ कपको क्वाटरफाइनलमा चेल्सीले बर्नमाउथसँग भिड्ने

एजेन्सी । इङल्याण्डको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता मध्ये एक काराबाओ कप (लिग कप) को क्वाटरफाइनलमा इङलिस च्याम्पियन चेल्सीले एएफसी बर्नमाउथ प्रतिद्वन्द्वी पाएको छ ।

प्रतियोगिताको बिहीबार निकालिएको क्वाटरफाइनल ड्र अनुसार जारी सिजन उत्कृष्ट लयमा रहेको म्यानचेष्टर सिटीले लिसेस्टर सिटीको सामना गर्नेछ ।

त्यस्तै सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडले च्याम्पियनसिप क्लब बिस्टल सिटीको सामना गर्दा आर्सनलले वेस्ट ह्याम युनाइटेडसँग भिड्ने छ ।

क्वाटरफाइनलका सबै खेलहरु डिसेम्बर १८ तारीखका दिन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...