स्पेनीस कपको पहिलो लेगमा रियलको जित (भिडियो सहित)

पहिलो गोल गरेपछि खुशी मनाउँदै रियलका खेलाडीहरु । (तस्विर एजेन्सी)

एजेन्सी । दोस्रो हाफमा प्राप्त दुई पेनाल्टीको सहयोगमा रियल मेड्रिडले स्पेनीस कपको पहिलो लेगमा फुएन्लाब्राडाविरुद्ध २–० को जित दर्ता गरेको छ ।

तेस्रो डिभिजनको टोलीविरुद्ध रियललाई खाता खोल्न दोस्रो हाफसम्म पर्खनु परेको थियो । खेलको ६३ औं मिनटमा मार्को असेन्सियोले पेनाल्टीमार्फत पहिलो गोल गरे ।

त्यसैगरी विपक्षीका पाको क्यान्डलाले डि बक्सभित्र रियलका थियो हर्नान्डेजलाई फाउल गरेपछि रेफ्रीले उनलाई दोहोरो पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए भने सोही फाउलमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दे खेको ८० औं मिनटमा लुकास भाजक्वेजले दोस्रो गोल गरेका थिए ।

त्यसैगरी खेलको अन्तिम १० मिनट भित्र रियल पनि दश खेलाडीमा सिमित हुन पुगेको थियो । रियलका जिसस भालेजोले विपक्षीखेलाडीविरुद्ध डरलाग्दो ट्याकल गरेपछि रेफ्रीले ८९ औं मिनटमा उनलाई पनि सोझै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

स्पेनीश कप अन्तरगत बिहीबार राती नै सम्पन्न पहिलो लेगको अन्य खेलहरुमा लास पाल्मासले टिपोर्टिवो ला कोरुनालाई ४–१ ले हराएको छ भने लेभान्टेले जिरोनालाई २–० ले हराएको छ । उता टेनेरिफो र इस्पान्योलले भने गोलरहित बराबरी खेलेका छन् ।

हेर्नुहोस रियलको म्याच हाईलाईट भिडियो:


प्रतिक्रिया दिनुहोस

Loading...