सन् २०१८ इटालियन लिजेण्ड बुफोनको अन्तिम बर्ष !

जियानलुईजी बुफोन । (तस्विर एजेन्सी)

एजेन्सी । इटाली र युभेन्ट्सका लिजेण्डरी गोलरक्षक जियानलुईजी बुफोनले आगामी वर्ष रसियामा हुने फिफा विश्वकपपछि सन्यास लिने पुष्टी गरेका छन् ।

यद्यपि यदि युभेन्ट्स युरोपियन च्याम्पियन बन्यो भने उनले आफ्नो सन्यासलाई सुपर कपसम्मका लागि टाल्न पनि सक्नेछन् ।

सोमबार राती सम्पन्न फिफाको उत्कृष्ट अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट गोलरक्षक अवार्ड जितेका ३९ वर्षिय बुफोनले हालसम्म कुनै ठूलो युरोपियन उपाधि जित्न सकेका छैनन् ।

यसपटक च्याम्पियन्स लिग जित्ने र फिफा क्लब विश्वकप पनि खेल्ने आशाका साथ तत्कालका लागि उनको सन्यास पनि रोकिएको छ ।

उनले स्थानीय मिडिया स्काई इटालियासँग कुरा गर्दै भनेका छन् “यो मेरो अन्तिम सिजन हुनेछ र म यो कुरामा निश्चित पनि छु । म एक शान्त छु र आफ्नो भविष्यलाई लिएर डराएको छैन । एक वा दुई वर्ष खेल्दैमा केही परिवर्तन हुनेवाला छैन ।”

बुफोनले ८ पटक सिरि ए, १ पटक सिरि बी, ४ पटक कोपा इटालिया र युईएफए कप जितेका छन् । तर प्रतिष्ठित च्याम्पियन्स लिगको तीन पटक फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित हुन पुगेका थिए ।

साथै इटालीले सन् २००६ को फिफा विश्वकप उपाधि जित्दा पनि बुफोन इटालीयन टोलीका महत्वपूर्ण सदस्य थिए । उनी इटालीको राष्ट्रिय जर्सीमा सर्वाधिक म्याच खेल्ने खेलाडी समेत हुन् । उनले इटालीका लागि किर्तिमान १७३ अन्तर्राष्ट्रिय क्याप जितेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...