आगामी सिजन भारतमा एउटा मात्र लिग चाहन्छ एएफसी

एसियाली फुटबल महासंघ (एएफसी) का महासचिव डाटो विन्डसर । (तस्विर एजेन्सी)

एजेन्सी । एसियाली फुटबल महासंघ (एएफसी) का महासचिव डाटो विन्डसरले यसपटक इण्डियन सुपर लिग र आई लिग अलग–अलग गराउनु अस्थायी निर्णय रहेको स्पष्ट पारेका छन् । साथै आगामी सिजन यी दुवै लिग मर्ज हुनु पर्ने समेत डाटोले स्पष्ट रुपमा उल्लेख गरेका छन् ।

यो निर्णयसँगै मोहन बगान र इस्ट बंगँल जस्ता चर्चित क्लबलाई सुपर लिगमा खेल्न अवसर मिल्नुका साथै उनीहरुलाई आर्थिक रुपमा फाइदा समेत हुनेछ ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन् “हामी कसैको पक्ष र विपक्षमा छैनौं । एएफसीको कानुन अनुसार एक देशमा एउटा मात्र लिग हुनुपर्छ । हामीलाई यी दुई लिगलाई केवल अस्थायी रुपमा अनुमति दिएका छौं । आगामी सिजन भारतमा केवल एउटै लिग हुनुपर्छ ।”

भारतमा यसपटक इण्डियन सुपर लिग (आइृएसएल) र आइ लिग अलग–अलग रुपमा आयोजना हुँदैछ । यद्यपि यसलाई एएफसीले अस्थायी रुपमा मात्र आयोजना गर्ने अनुमति दिएको कुरा स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...