अभ्यासमा फर्र्किए लेफ्ट ब्याक अल्बा

बार्सिलोनाको अभ्यासमा फर्किएपछि अल्बा (बीचमा) । (तस्विर बार्साको ट्वीटर पेजबाट)

एजेन्सी । घुँडामाथिको भागमा चोट लागेपछि बार्सिलोनाले खेलेको यसअघिका ३ खेलहरुमा सहभागिता नजनाएका चर्चित लेफ्ट ब्याक जोर्डी अल्बा क्लबको अभ्यासमा फर्किएका छन् ।

२८ वर्षिय अल्बालाई बार्सिलोनाले च्याम्पियन्स लिग अन्तरगत ओलम्पियाकोसविरुद्ध खेल्नु अघि अभ्यासका क्रममा चोट लागेको थियो ।

चोटि हुनु अघि अल्बाले यस सिजन बार्साले खेलेको हरेक खेलमा पहिलो रोजाई मै मैदानमा उत्रिएका थिए । उनले यससिजन बार्साका लागि ११ म्याच पहिलो रोजाईमा उत्रिएर खेलिसकेका छन् ।

अल्बाको स्थानमा हाल बार्साका प्रशिक्षक अर्नेस्टो वाल्वेर्डेले लुकास डिग्नेलाई लेफ्ट ब्याको जिम्मेवारी दिएका थिए ।

उता बार्साका लागि लुकासले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकाले प्रशिक्षक अर्नेस्टोले यी दुईमा कसलाई पहिलो रोजाईमा उतार्लान् त्यो भने आउने खेलहरुमा पनि थाहा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...