इभर्टनलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा (भिडियो सहित)

चेल्सीका लागि दोस्रो गोल गरेपछि विलियन । (तस्विर एजेन्सी)

एजेन्सी । इङलिस च्याम्पियन चेल्सी इङल्याण्डको पुरानो मध्ये एक प्रतिष्ठित फुटबल प्रतियोगिता काराबाओ कप (लिग कप) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती लण्डनमा सम्पन्न चौथो चरणको खेलमा चेल्सीले इभर्टनको चुनौति २–१ ले समाप्त पार्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

चेल्सीको जितमा २६ औं मिनटमा एन्टोनियो रईडिगेरले पहिलो गोल गरे भने खेलको ९० औं मिनटमा विलियनले अग्रता दौब्बर पारे । उता पराजित इभर्टनका लागि डोमिनिक कलभर्ट लेविनले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै बुधबार राती नै सम्पन्न अर्को खेलमा उत्कृष्ट लयमा रहेको टोटेनह्याम हट्सपर वेस्ट ह्याम युनाइटेडसँग अप्रत्याशित रुपमा ३–२ ले पराजित हुँदै प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ भने वेस्ट ह्यामले क्वाटरफाइनल स्थान पक्का गरेको छ ।

चेल्सी र इभर्टनबीचको म्याच हाइलाईट भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...