ब्राजीललाई स्तब्ध पार्दै इङल्याण्ड फाइनलमा

इङल्याण्डका लागि ह्याट्रिक गरेका रियान ब्रियुस्टर (बाँयाबाट तेस्रो अगाडी) । (तस्विर फिफा)

एजेन्सी । दावेदार मानिएको ब्राजीललाई स्तब्ध पार्दै इङल्याण्ड जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार साल्ट लेक स्टेडियम कोलकातामा सम्पन्न पहिलो सेमिफाइनलमा ब्राजीलविरुद्ध इङल्याण्डले ३–१ को प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

इङल्याण्डको जितमा रियान ब्रियुस्टर नायक रहे । ब्रियुस्टरले खेलको १०, ३९ र ७७ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुका साथै इङल्याण्डलाई फाइनलमा पूराउन नायकीय भूमिका खेले । उता पराजित ब्राजीलका लागि खेलको २१ औं मिनटमा वेस्ले डेविड डि ओलिभियराले एक मात्र सान्त्वना गोल फर्काए ।

इङल्याण्डले अब उपाधिका लागि दोस्रो सेमिफाइनल अन्तरगत माली र स्पेनबीचको बिजेतासँग शनिबार फाइनल खेल्नेछ भने सोही दिन ब्राजीलले स्पेन र मालीबीचको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...