म्बाप्पेले जिते गोल्डेन ब्वाय अवार्ड

किलियन म्बाप्पे । (तस्विर एजेन्सी)

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन म्बाप्पेले बार्सिलोनाका ओस्मन डेम्बेले र म्यानचेष्टर युनाइटेडका मार्कस रेशफोर्डलाई पछि पार्दै यस वर्षको गोल्डेन ब्वाय घोषित भएका छन् ।

फ्रान्सका यी १८ वर्षिय युवा फरवार्ड गत सिजन मोनाकोले फ्रेन्च लिग जिते लगतै विश्व फुटबलमा चर्चित बन्न पुगेका थिए । गत सिजन मोनाकोलाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुराएका उनले क्लबका लागि १५ गोल समेत गरेका थिए ।

हाल मोनाकोबाट लोनमा पिएसजीमा रहेका म्बाप्पे आगामी सिजन १८० मिलियन युरोमा स्थायी रुपमै पिएसजीमा अनुबन्ध हुनेछन् ।

चर्चित इटालियन पत्रिका टुटोस्पोर्टले हरेक वर्ष २१ वर्ष मूनिका उत्कृष्ट युवा फुटबलरलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

म्बाप्पेले कुल २९१ मत प्राप्त गरेका थिए भने डेम्बेलेले १४९ मत प्राप्त गरेका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका रेशफोर्डले ७६ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...