बायर्नको गत सिजनको कमाई ६४१ मिलियन युरो

बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेना । (तस्विर एजेन्सी)

एजेन्सी । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिए तापनि जर्मन जायन्ट बायर्न म्युनिखले सन् २०१६–१७ को सिजनमा ६४१ मिलियन युरोको कमाई गरेको छ ।

गत सिजन इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षकीय जिम्मेवारीमा बायर्नले लगातार पाँचौं पटक बुण्डेसलिगा उपाधि जित्न सफल भएको थियो ।

जारी सिजन बायर्नको आर्थिक स्थिति पनि गत सिजनकै अुनपातमा सामान्य रहेको छ । साथै हालै बसेको बार्षिक साधारण सभाले क्लबको सम्पूर्ण आर्थिक व्यवभार सार्वजनिक गरेको थियो ।

क्लबको सम्पूर्ण हिसाबकिताब हेर्ने प्रमुख क्रिश्चियन ड्रिसेनका अनुसार यदि गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न रियल मेड्रिडसँग पराजित नभाको भए क्लबको आम्दानी अझ बढ्ने थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...