रियलले १७ वर्षिय ब्राजिलियन स्टार एलनलाई भित्राउने पक्का

एलन । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनीस जायन्ट रियल मेड्रिडले युवा फुटबलरलाई अनुबन्ध गर्ने नीति अनुरुप ब्राजीलियन यु–१७ स्टार एलनलाई अनुबन्ध गर्ने पक्का गरेको छ । एलन अर्को बर्ष सान्टियागो बर्नबेयु आउने छन् ।

ब्राजिलियन क्लब पाल्मीरासका यी १७ वर्षिय आक्रमक मिडफिल्डर आगामी सिजनदेखि रियल मेड्रिडको बी टिमबाट खेल्नेछन् ।

फिलहाल उनी भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा ब्राजीलको तर्फबाट खेलीरहेका छन् र ब्राजीललाई सेमिफाइनलसम्म पुराईसकेका छन् ।

स्रोतका अनुसार एलनलाई बर्नबेयुमा भित्राउन रियलले ५० मिलियन युरो खर्चिनेछ । साथै रियलले एलनको उक्त मूल्यलाई लिएर केही मोलकबोल गर्न चाहन्छ ।

रियलमा जिनेदिन जिदान म्यानेजरका रुपमा आए लगतै युवा फुटबलरहरुलाई अनुबन्ध गर्ने नीतिलाई तिव्रता दिएका थिए ।

रियलको नजिकको स्रोत अनुसार एलनलाई रियलमा ल्याउन जिदानले आफ्नो एजेन्टलाई यस वर्षको सुरुवातीबाटै कुराकानी अगाडी बढाएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...