नेयमारले रातो कार्ड खाँदा कावानीले पिएसजीलाई जोगाए

पिएसजीका लागि बराबरी गोल गरेपछि कावानी । (तस्विर एजेन्सी)

एजेन्सी । खेलको अन्त्यतिर दोहोरो पहेंलो कार्ड खाँदै नेयमार मैदान बाहिरिएपछि दश खेलाडीमा सिमित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आइतबार राती मार्सेलीसँग संघर्षपूर्ण २–० गोलको बराबरी खेलेको छ ।

खेलको १८ औं मिनटमा लुईस गुस्तावोको शुरुवाती गोलबाट अग्रता लिएको मार्सेलीले त्यसलाई धेरैबेर जोगाउन सकेन् । पहिलो हाफ कै ३३ औं मिनटमा नेयमारले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

उता दोस्रो हाफको ७८ औं मिनटमा फ्लोरियन थाउविनले दोस्रोपटक मार्सेलीलाई अग्रता दिलाएका थिए । लगतै खेलको ८७ औं मिनटमा नेयमारले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि पिएसजी खेलको अन्तिमतिर दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

नेयमारलाई रातो कार्ड देखाउँदै रेफ्रि । (तस्विर एजेन्सी)

यद्यपि खेलको अन्तिमतिर इन्जुरी समयमा अर्का स्टार फरवार्ड एडिन्सन कावानीले फ्रिकिकमार्फत शानदार गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

बराबरीका बावजुद पिएसजी २० खेलबाट २६ अंकका साथ शिर्ष स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन मोनाको २२ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबार नै सम्पन्न अन्य खेलहरुमा स्ट्रेसबर्गले निसलाई २–१ ले पराजित गरेको छ भने लियोनले ट्रोयसलाई ५–० ले फराकिलो अन्तरले हराएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...