सहज जितका साथ रियल तेस्रो स्थानमा उक्लियो

आइतबार राती रियलका लागि दोस्रो गोल गरेपछि मार्को असेन्सियो । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनीस ला लिगा अन्तरगत आइतबार राती डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले इबरविरुद्ध ३–० को सहज जित हात पार्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो हाफको १८ औं मिनटमा रोड्रिग्वेज डि ओलिभियराको आत्मघाती गोलबाट शुरुवाती अग्रता लिएको रियलका लागि २८ औं मिनटमा मार्को असेन्सियोले दोस्रो गोल गरेका थिए ।

विपक्षीविरुद्ध हावी देखिएको रियलका लागि खेलको अन्तिमतिर ८२ औं मिनटमा मार्सेलोले तेस्रो तथा अन्तिम गोल गर्दै सहज जित दिलाए ।

जितसँगै ९ खेलबाट २० अंक जोडेको रियल तेस्रो स्थानमा छ । त्यस्तै २१ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ भने २५ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ ।

आइतबार नै भएका अन्य खेलहरुमा भिल्लारियलले लास पाल्मासलाई ४–० ले हरायो । त्यसैगरी लेगानेसले एटलेटिको बिल्बाओलाई तथा एटलेटिको मेड्रिडले सेल्टा भिगोलाई समान १–० गोल अन्तरले निराश तुल्यायो ।


प्रतिक्रिया दिनुहोस

Loading...