वेम्बलेमा टोटेनह्याम सामू लिभरपुल निरीह (भिडियो सहित)

गोल गरेपछि खुशी मनाउँदै टोटेनह्यामका हेरी केन (बाँया) । (तस्विर एजेन्सी)

एजेन्सी । उत्कृष्ट लयमा रहेका हेरी केनले दुई गोल गरेपछि आइतबार टोटेनह्यामले लिभरपुलविरुद्ध ४–१ को प्रभावशाली जित हात पारेको छ ।

वेम्बेले स्टेडियममा सम्पन्न खेलको चौथो मिनट मै केनले पहिलो गोल गरे भने १२ औं मिनटमा हियुङ मिन–सनले अग्रता दोब्बर पारेका थिए ।

उता २४ औं मिनटमा मोहम्मद सलाहले लिभरपुलका लागि गोल गर्दै खेलमा फर्किने प्रयास गरे तापनि त्यो सफल हुन सकेन ।

कमजोर रक्षपंक्ति फितलो प्रदर्शन गरेको लिभरपुलविरुद्ध ४५ औं मिनटमा डेले अलीले टोटेनह्यामका लागि तेस्रो गोल गरे भने ५६ औं मिनटमा पून केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै ९ खेलबाट २० अंक जोडेको टोटेनह्याम म्यानचेष्टर युनाइटेडसँगै दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित लिभरपुल भने १३ अंकका साथ नवौं स्थानमा झरेको छ ।

यसरी हरायो टोटेनह्यामले लिभरपुललाई भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...