जर्मनीविरुद्ध उत्कृष्ट पूर्नआगमन गर्दै ब्राजील सेमिफाइनलमा

जर्मनीविरुद्ध जित हात पारेपछि ब्राजीलका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजीलले जारी फिफा यु–१७ विश्वकपको अन्तिम क्वाटरफाइनलमा जर्मनीलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोलकातामा सम्पन्न खेलको २१ औं मिनटमा जेन–फिटे अर्पको पेनाल्टी गोलबाट लिएको अग्रतालाई दोस्रो हाफको अन्तिम समयसम्म जोगाउन नसक्दा जर्मनी क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

उता खेलमा उत्कृष्ट पूर्नआगमन गरेको ब्राजीलले दोस्रो हाफमा १० मिनटभित्र दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

खेलको ७१ औं मिनटमा वेभरसनले पहिलो र बराबरी गोल गरे भने ७७ औं मिनटमा पाउलिन्होले दोस्रो निर्णायक गोल गर्दै ब्राजीलको सेमिफाइनल यात्रा पक्का गरे ।

आइतबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जसअन्तरगत बुधबार हुने पहिलो सेमिफाइनलमा ब्राजीलले इङल्याण्डको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा स्पेनले मालीसँग भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...