इरानलाई हराउँदै स्पेन सेमिफाइनलमा

स्पेनका लागि सुरुवाती गोल गरेपछि कप्तान अबेल रुइज खुशी मनाउँदै । (तस्विर फिफा)

एजेन्सी । छिमेकी मुलुक भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा इरानलाई हराउँदै स्पेनले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ ।

कोचीमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्पेनले इरानविरुद्ध ३–१ को प्रभावशाली जित हात पार्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

स्पेनको जितमा १३ औं मिनटमै कप्तान अबेल रुइजले पहिलो गोल गर्दै सूरवाती अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ६० औं मिनटमा सर्जियो गोमेजले दोस्रो गोल गरे भने ६७ औं मिनटमा फेरान टोरेजले तेस्रो गोल गरे ।

उता ६९ औं मिनटमा सईद करिमीले इरानका लागि एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । जितसँगै स्पेनले अब सेमिफाइनलमा गत संस्करणको उपविजेता मालीको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...