“वर्षको अन्तिमसम्म फर्कने छन् ज्लाटन”

ज्लाटन इब्राहिमोविच । (तस्विर एजेन्सी)

एजेन्सी । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफ्ना स्टार फरवार्ड ज्लाटन इब्राहिमोविच वर्षको अन्त्यसम्म मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

३६ वर्षिय यी स्वीडिस फरवार्ड लिगामेन्टको चोटका कारण हाल मैदान बाहिर छन् र मैदानमा फर्किन कडा मेहनत गरिरहेका छन् । स्रोतका अनुसार उनी क्रिसमससम्म मैदानमा फर्किन सक्ने बताइन्छ ।

मोरिन्होले एक पत्रकार सम्मेलनमा भनेका छन् “ज्लाटन यहाँ छन् । उनी हामीसँगै काम गरिरहेका छन् र सबै कुरा नियन्त्रणमा छ । तपाईंले जस्तो आश गर्नुभएको छ, उसले त्यस्तै काम गरिरहेको छ । उसले कडा भन्दा कडा मेहनेत गरिरहेको छ ।”

मोरिन्होले अगाडी भनेका छन् “उनी एक दुई हप्ता मै फर्किन सक्दैनन् । उनलाई आफ्नो समय लिन दिनुस् । जुन दिन उनी मैदानमा फर्किने निश्चित हुनेछ, त्यो दिन उनी मैदानमा फर्किने छन् । उनी पक्कै पनि सन् २०१७ भित्रै मैदानमा फर्किने छन् ।”

 


प्रतिक्रिया दिनुहोस

Loading...