इङल्याण्ड फिफा यु–१७ विश्वकपको सेमिफाइनलमा

अमेरिकाविरुद्ध भिड्नु अघि सामूहिक तस्विर खिचाउँदै इङल्याण्डका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दावेदार मध्ये एक इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा इङल्याण्डले अमेरिकाविरुद्ध ४–१ को शानदार जित दर्ता गर्यो । इङल्याण्डको जितमा रियान ब्रियुस्टरले खेलको ११, १४ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै थप एक गोल खेलको ६४ औं मिनटमा मोर्गन गिब्स व्हाईटले गरे ।

उता पराजित टोली अमेरिकाका लागि खेलको ७२ औं मिनटमा जोश सर्जेन्टले एक मात्र सान्त्वना गोल फर्काए ।

शनिबार नै सम्पन्न अर्को क्वाटरफाइनलमा गत संस्करणको उपविजेता मालीले पनि जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मालीले घानाको चुनौति २–१ ले समाप्त पार्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...