एग्वेरोको किर्तिमानसँगै सिटीको अपराजित यात्रा कायमै

सिटीका लागि गोल गरेपछि एग्वेरो । (तस्विर एजेन्सी)

एजेन्सी । शनिबार सर्जियो एग्वेरोले क्लबका लागि सर्वाधिक गोलकर्ताको किर्तिमान बराबरी गरेको दिन म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ ।

शनिबार सिटीको घरेलु मैदान इतिहाद स्टेडियमा सम्पन्न खेलमा सिटीले बर्नलीलाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्यो ।

खेलको ३० औं मिनटमा विवादास्पद पेनाल्टीबाट एग्विरोले सिटीका लागि सुरुवाती गोल गरे । जुन गोल उनको क्लबका लागि १७७ औं गोल थियो र उनले एरिक ब्रुकको किर्तिमानको बराबरी समेत गरे ।

त्यस्तै दोस्रो हाफमा ३ मिनट भित्र सिटीले थप दुई गोल गर्न सफल भएको थियो । सिटीका लागि खेलको ७३ औं मिनटमा निकोलस ओटामेन्डीले दोस्रो गोल गरे भने ७५ औं मिनटमा लेरोई सेनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जितसँगै सिटी ९ खेलबाट २५ अंक जोड्दै शिर्ष स्थानमा छ । उता शनिबार नै सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड हुडर्सफिल्ड टाउनसँग २–१ ले पराजित हुन पुगेपछि सिटीले युनाइटेडभन्दा ५ अंकको अग्रता हासिल गर्न पनि सफल भएको छ । समान खेल खेलेको युनाइटेड २० अंकका साथ दोस्रो स्थानमा छ ।

वाटफोर्डमाथि चेल्सीको प्रभावशाली जित

शनिबार नै सम्पन्न अन्य खेलहरुमा डिफेन्डिङ च्याम्पियन चेल्सीले घरेलु मैदानमा वाटफोर्डलाई ४–२ ले हराउँदै चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै न्यूक्यासलले क्रिस्टल प्यालेसलाई १–० ले हरायो भने लिसेस्टरले स्वान्सी तथा बर्नमाउथले स्टोकलाई समान २–१ गाल अन्तरले पराजित गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...