नेयमारलाई कर ठगीको आरोपमा १.२ मिलियन डलर जरिवाना

नेयमार । (तस्विर एजेन्सी)

एजेन्सी । ब्राजीलको एक अदालतले पिएसजीका स्टार ब्राजिलियन फरवार्ड नेयमारलाई कर छलीको मामिलामा बेइमानीको आरोप लगाउँदै १.१९ मिलियन डलर जरिवाना गरेको छ ।

स्रोतका अनुसार नेयमार र उनका पिताको हिसाब–किताब हेर्ने तीन कम्पनीलाई पनि अदालतले जरिवाना तिराएको छ ।

सन् २०१५ को सेप्टेम्बरमा जस्टिस डिपार्टमेण्टद्वारा जाँच गरिएको मुद्दामा नेयमारको ६२.२ मिलियन डलर बराबरको सम्पति ग्यारेण्टीका लागि सिज गरिएको थियो ।

उक्त रकम नेयमारमाथि लगाइएको जरिवानाको २ प्रतिशत रकम हो । जुन ब्राजीलको कर कार्यालयले हात पार्ने विश्वास लिएको छ ।

नेयमारमाथि सन् २०११ देखि २०१३ सम्म कर नतिरेको आरोप लागेको थियो साथै उनले कम कर तिर्नका लागि पारिवारिक कम्पनीको प्रयोग गरेको समेत आरोप थियो ।

कर कार्यालयका अनुसार नेयमारले विभिन्न बहाना बनाएर २७.५ प्रतिशत कर रकम समेत बचाउन लागीपरेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस

Loading...