यी चार फुटबलर बुफोनका लागि कठिन प्रतिद्वन्द्वी

बुफोन । (तस्विर एजेन्सी)

एजेन्सी( । इटालियन क्लब युभेन्ट्सका किर्तिमानी गोलरक्षक जियानलुईजी बुफोनले रियल मेड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई आफ्ना चार कठिन प्रतिद्वन्द्वी मध्ये एक मानेका छन् ।

३९ वर्षिय यी स्टार गोलरक्षकले आफ्नो क्यारियरमा एक से एक उत्कृष्ट खेलाडीहरुको साथ र विपक्षमा खेलिसकेका छन् ।

तर उनी बार्सिलोनाका लियोनल मेसी, रियल मेड्रिडका क्रिष्टियानो रोनाल्डो, ब्राजिलियन रोनाल्डो र रियल कै म्यानेजर जिदानलाई आफ्नो कठिन प्रतिद्वन्द्वी मानेका छन् ।

एक स्थानीय अनलाईनसँग कुरा गर्दै बुफोनले भनेका छन् “मलाई स्ट्राइकरहरुसँग रिस मात्र उठ्छ । त्यसमा पनि ब्राजिलियन रोनाल्डो, क्रिष्टियानो रोनाल्डो, लियोनल मेसी र जिनेदिन जिदान यी चार खेलाडीले मलाई सधै हैरान बनाए ।”

ब्राजिलियन रोनाल्डोले बार्सिलोना, रियल मेड्रिड, इन्टर मिलान र एसी मिलान जस्ता ठूलो क्लबहरुबाट समेत व्यवसायिक फुटबल खेलेका छन् । साथै सन् २००२ को फिफा विश्वकप ब्राजीलले जित्दा उनी टोलीका स्टार खेलाडी समेत थिए ।

उता च्याम्पियन्स लिगमा आ–आफ्नो क्लबबाट खेल्दा मेसी र रोनाल्डो थुप्रैपटक बुफोनसँग भिडेका छन् । मेसी र रोनाल्डो दुवै महान खेलाडीहरुको सूचीमा समेत छन् ।

उता रियलका म्यानेजर जिदानले सन् २००१ मा युभेन्ट्स छाड्दै रियलमा अनुबन्ध भएका थिए भने सोही बर्ष बुफोन पार्माबाट युभेन्ट्समा अनुबन्धित भएका थिए ।

सन् २००६ मा जर्मनीमा सम्पन्न फिफा विश्वकपको फाइनलमा फ्रान्स र जर्मनी भिड्दा जिदान र बुफोन आमने सामने भएका थिए । उक्त फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै गत सिजनको च्याम्पियन्स लिगको फाइनलमा जिदानले व्यवस्थापन गरिरहेका टोली रियलले बुफोनको युभेन्ट्सलाई हराउँदै १२ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...