युरोपियन फुटबलमा मेसीको सय गोलसँगै बार्सिलोनालाई सफलता

(तस्विर एजेन्सी)

एजेन्सी । स्टार फरवार्ड लियोनल मेसीले युरोपियन फुटबलमा सयौं गोल गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले आलम्पियाकोसलाई ३–० ले हराएको छ ।

समूह डी तर्फ बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको उक्त खेलको १८ औं मिनटमा दिमित्रीस निकोलाउको आत्मघाती गोलबाट बार्साले सुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफको ६१ औं मिनटमा मेसीले घरेलु टोलीका लागि दोस्रो गर्दै युरोपियन फुटबलमा आफ्नो व्यक्तिगत सय गोलको कोशे ढुंगा पार गर्न सफल भए ।

दोस्रो गोल गरेको पाँच मिनट बित्न नपाउँदै ६४ औं मिनटमा लुकास डिग्नेले बार्साका लागि तेस्रो तथा अन्तिम गोल गरे ।

उता ओलम्पियाकोसका लागि खेलको अन्त्यतिर दिमित्रीस निकोलाउ एक मात्र सान्त्वना गोल फर्काए ।

समूह डी कै अर्को खेलमा युभेन्ट्सले स्र्पोटिङ सिपीलाई २–१ ले हरायो ।

पिएसजी, म्यानचेष्टर र म्युनिखलाई सफलता, चेल्सीको रोमाञ्चक बराबरी

उता बुधबार राती नै भएका च्याम्पियन्स लिगको अन्य खेलहरुमा समूह ए मा रहेको म्यानचेष्टर युनाइटेडले बेनफिकालाई १–० ले हरायो भने बासेलले मस्कोलाई २–० ले पराजित गर्यो ।

समूह बी तर्फ फ्रेन्च जायन्ट पिएसजीले एण्डरलेच्टलाई ४–० को फराकिलो अन्तरले हरायो भने बायर्न म्युनिखले सेल्टिकलाई ३–० ले पाखा लगायो ।

त्यस्तै समूह सी तर्फ इङलिस च्याम्पियन चेल्सीले रोमासँग ३–३ गोलको बराबरी खेलेको छ भने काराबागले एटलेटिको मेड्रिडलाई गोलरहित बराबरीमा रोकेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...