ब्राजील र जर्मनी क्वाटरफाइनल मै भिड्ने

होण्डुरसविरुद्ध शानदार जित हात पारेपछि सामूहिक तस्विर खिचाउँदै ब्राजीलका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दुई दावेदार टोली ब्राजील र जर्मनी क्वाटरफाइनल मै भिड्ने भएका छन् ।

बुधबार सम्पन्न नकआउट चरणको अन्तिम खेलमा ब्राजीलले होण्डुरसलाई ३–० ले हराउँदै क्वाटरफाइनलमा जर्मनीसँगको भेट पक्का गरेको हो ।

कोचीमा भएको उक्त खेलमा ब्राजीलका लागि ब्रेनर सुजा डा सिल्वाले खेलको ११ र ५६ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने पहिलो हाफको ४४ औं मिनटमा मार्कस एन्टोनियोले गरेका थिए ।

बुधबारको खेल समाप्तीसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब क्वाटरफाइनल अन्तरगत शनिबार मालीले घानासँग खेल्नेछ भने अमेरिकाले इङल्याण्डको सामना गर्नेछ । त्यस्तै आइतबार स्पेनले इरानको सामना गर्दा जर्मनीले ब्राजीलसँग भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...