क्वाटरफाइनलमा घानाको भिडन्त मालीसँग

नाइजरविरुद्ध गोल गरेपछि घानाका खेलाडीहरु खुशी मनाउँदै । (तस्विर फिफा)

एजेन्सी) । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा घानाले आफ्नो क्वाटरफाइनल भिडन्त गत संस्करणको उपविजेता मालीसँग पक्का गरेको छ ।

बुधबार नावी मुम्बईमा भएको अन्तिम १६ को खेलमा घानाले नाइजरलाई शून्यकाविरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गर्यो ।

घानाको जितमा पहिलो हाफको इन्जुरी समयमा एरिक अयाहले पहिलो गोल गरे भने खेलको अन्तिमतिर ९० औं मिनटमा रिचार्ड डान्सोले दोस्रो गोल गर्दै घानाको जित सुनिश्चित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...