“मेसीको बराबरीमा आउन डि ब्रुईनलाई धेरै उपाधि जित्नुपर्नेछ” : गार्डिओला

डि ब्रुईनसँग गार्डिओला (दाँया) । (तस्विर एजेन्सी)

एजेन्सी । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाका अनुसार यदि केविन डि ब्रुईनले लियोनल मेसीको लेवलमा पुग्न चाहन्छन् भने पहिला उनले ठूलो उपाधिहरु जित्नुपर्नेछ ।

गार्डिओलाको विचारमा हाल उत्कृष्ट लयमा रहेका यी म्यानचेष्टर सिटीका स्टारले संसारकै उत्कृष्ट खेलाडी बन्न अझै लामो यात्रा तय गर्नुपर्नेछ ।

गार्डिओलाका अनुसार २६ वर्षिय ब्रुईन उत्कृष्ट खेलाडी बने तापनि मेसी जस्ता स्टार खेलाडीहरुको औसतमा पुग्न उनलाई धेरै मेहनत गर्नुपर्नेछ ।

मेसीले क्लबका लागि सबै उपाधि जितिसकेका छन् । उनले बार्सिलोनाबाट ४ पटक च्याम्पियन्स लिग र ८ पटक ला लिगाको उपाधि जितिसकेका छन् । साथै उनले क्लब विश्वकपको उपाधि पनि जितिसकेका छन् ।

सन् २०१२ मा बार्सिलोना छाड्नु अघि मेसीसँगै काम गरेका गार्डिओलाका अनुसार मेसी अहिले पनि उत्कृष्ट खेलाडी हुन् तर उनी डि ब्रुईन पनि उत्कृष्ट खेलाडी बनेको हेर्न चाहन्छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...