पाराग्वेलाई स्तब्ध पार्दै अमेरिका क्वाटरफाइनलमा

सोमबार पाराग्वेविरुद्ध ह्याट्रिक गरेका अमेरिकाका टिमोथी वियाह गोल गरेपछि खुशी मनाउँदै । (तस्विर फिफा)

एजेन्सी । समूह चरणमा शतप्रतिशत जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेको पाराग्वे नकआउट चरणमा अमेरिकासँग फराकिलो अन्तरले पराजित हुन पुगेको छ ।

सोमबार नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको अन्तिम १६ को दोस्रो खेलमा अमेरिकाले पाराग्वेलाई शून्यकाविरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो ।

पाराग्वेलाई स्तब्ध पार्ने क्रममा अमेरिकाका टिमोथी वियाहले खेलको १९, ५३ र ७७ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै अमेरिकाका लागि थप दुई गोल एन्ड्रियु कार्लेटन र जोश सर्जेन्टले खेलको क्रमश ६३ औं र ७४ औं मिनटमा गर्दै टोलीलाई शानदार जित दिलाए ।

क्वाटरफाइनलमा अब अमेरिकाले भोली मंगलबार हुने इङल्याण्ड र जापानबीचको बिजेतासँग भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...