प्रभावशाली जितका साथ जर्मनी क्वाटरफाइनलमा

कोलम्बियाविरुद्ध गोल गरेपछि खुशी मनाउँदै जर्मनीका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दावेदार मध्ये एक जर्मनी प्रभावशाली जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबारदेखि शुरु अन्तिम १६ को पहिलो खेलमा कोलम्बियाको चुनौति ०–४ ले समाप्त पार्दै जर्मनी क्वाटरफाइनलमा प्रवेश गरेका हो ।

अब सेमिफाइनल प्रवेशका लागि जर्मनीले बुधबार हुने ब्राजील र होण्डुरसबीचको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...