लिभरपुलले अस्वीकारेको थियो रोनाल्डोलाई अनुबन्ध गर्ने अवसर !

क्रिष्टियानो रोनाल्डो (बीचमा) । (तस्विर एजेन्सी)

एजेन्सी । लिभरपुलका पूर्व म्यानेजर जेरार्ड हलियरले अहिलेका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई क्लबले त्यतिबेला अनुबन्ध नगर्नुको कारण खुलासा गरेका छन् ।

स्र्पोटिङ लिस्वनबाट खेलिरहेका बेला रोनाल्डो संसारकै प्रतिभावान युवा फुटबलरमध्ये एक मानिएका थिए । सन् २००३ मा लिभरपुलले रोनाल्डोलाई अनुबन्ध गर्न चासो समेत देखाएको थियो ।

तर अनुबन्ध रकम र मासिक तलबको विषयमा कुरा नमिलेपछि लिभरपुलले रोनाल्डोलाई अनुबन्ध गर्ने योजना त्यागेको थियो ।

त्यतिबेला १८ वर्षिय रोनाल्डोले मागे जति रकम तिर्न लिभरपुलले अस्वीकार गरेपछि रोनाल्डो १२ मिलियन पाउण्डमा म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका थिए । त्यसपछि रोनाल्डोले युनाइटेडका लागि १९६ म्याच खेल्दै ८४ गोल समेत गरेका थिए ।

ओल्ड ट्राफोर्डमा कयौं उपाधि जितेपछि सन् २००९ मा रोनाल्डो ८० मिलियन पाउण्डको विश्व किर्तिमानी रकममा रियल मेड्रिड पुगेका थिए ।

यसबारे कुरा गर्दै हलियरले भनेका छन् “मैले रोनाल्डोलाई टोउलोन यु–२१ प्रतियोगितामा देखेको थिएँ र उनीप्रति चासो राखेका थियौं । तर लिभरपुलसँग खेलाडीलाई दिने रकमबारे निश्चित मापदण्ड थियो । रोनाल्डोले माग गरेको रकम क्लबको मापदण्डभन्दा धेरै थियो जुन हामी कुनै खेलाडीलाई दिन तयार थिएनौं ।

त्यसपछि म्यानचेष्टर युनाइटेडले स्र्पोटिङ लिस्वनसँग एउटा मैत्रीपूर्ण फुटबल म्याच खेल्यो । खेलपश्चान युनाइटेडका खेलाडीहरुले सर एलेक्स फर्गुसनलाई रोनाल्डोलाई अनुबन्ध गर्नुपर्ने दबाब दिएका थिए ।

तर म क्लबको मापदण्डविपरित उनलाई अनुबन्ध गर्न सक्दिनथे । यदि मैले त्यसो गरैको भए क्लबको ड्रेसिङ रुममा विवाद चुलिने थियो ।”

अहिले आएर रोनाल्डोले प्रतिष्ठित बेलोन डि अर अवार्ड ४ पटक जितिसकेका छन् । आफ्नो क्यारियरमा ६०० गोलको आँकडा पूरा गरिसकेका छन् । तर त्यतिबेला लिभरपुलका प्रशिक्षक हलियरलाई रोनाल्डो भन्दा अष्ट्रेलियाका हेरी किवेल उत्कृष्ट लाग्यो र लिभरपुलले यी अष्ट्रेलियन खेलाडीलाई ५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...