फिफा यु–१७ विश्वकपमा नकआउट चरणका खेलहरु आजदेखि

(तस्विर : फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिता अन्तरगत नकआउट चरणका खेलहरु आज सोमबारदेखि शुरु हुँदैछन् ।

जसअन्तरगत नयाँदिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा कोलम्बियाले जर्मनीको सामना गर्नेछ । त्यस्तै सोमबार सोही मैदानमा हुने अर्को खेलमा पाराग्वेले अमेरिकाको सामना गर्नेछ ।

नकआउट चरण (अन्तिम १६) मा प्रत्येक ६ समूहको समूह विजेता र उपविजेता तथा तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...