मैदानमा आफ्नै साथीसँग भिड्दा गोलरक्षकको निधन (भिडियो सहित)

मैदान आफ्नै साथीसँग भिडेर घाइते हुन पुगेपछि गोलरक्षक हुडा ।

एजेन्सी । इण्डोनेसियन सुपर लिग (लिगा वान) अन्तरगत पर्सेला लमोंगनका भेट्रान गोलरक्षक चोइरुल हुडाको आइतबार खेल मैदान मै निधन भएको छ ।

लिगा वान अन्तरगत आइतबार सेमेन पडंङविरुद्ध खेल्ने क्रममा ३८ वर्षिय हुडा खेलको पहिलो हाफमा बल नियन्त्रण गर्ने क्रममा आफ्नै टिमका ब्राजिलियन डिफेन्डर रेमन रोड्रिग्वेजसँग जुध्न पुगेका थिए ।

घट्ना लगतै उनलाई अस्पताल लगिए तापनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । सन् १९९९ बाट पर्सेलाबाटै व्यवसायिक फुटबल क्यारियर सुरु गरेको हुडाले पर्सेलाका लागि किर्तिमानी ५०३ खेल खेलेका थिए ।

यसरी भिड्न पुगेका थिए हुडा हेर्नुहोस् भिडियो:


प्रतिक्रिया दिनुहोस

Loading...