समस्यामा पिएसजीका अध्यक्ष खलिफी, नेयमारलाई किन्न सक्छ रियल मेड्रिड !

खलिफी (बाँया) नेयमारका साथ । (तस्विर एजेन्सी)

एजेन्सी । चर्चित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) खेलाडी स्थानान्तरण प्रक्रियाको झमेलामा बल्झिएपछि क्लबमाथि ठूलै समस्या आइपर्ने सम्भावना बढेर गएको छ ।

पिएसजीका अध्यक्ष नासेर अल खलिफी अहिले आएर पुलिसको अनुसन्धानको घेरामा परेका छन् । उनलाई फिफा विश्वकप अधिकारका लागि घुस दिएको आरोप छ ।

स्वीटजरल्याण्डको पुलिसले खलिफीमाथि विश्वकपको प्रसारण अधिकार प्राप्त गर्नका लागि मानिसहरुलाई घुस दिएको आरोप लगाएको छ ।

ब्राजिलियन स्टार नेयमारलाई बार्सिलोनाबाट विश्वकिर्तिमानी रकममा पिएसजी ल्याउन पनि खालिफीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

खलिफीमाथि लागेको आरोपले नेयमारको अनुबन्धलाई समेत ठूलो असर पर्ने देखिन्छ । स्रोतका अनुसार फिफाले खलिफीमाथि जरिवाना गर्न सक्छ साथै पिएसजीले नेयरमारलाई बेच्नुपर्ने बाध्यता समेत आउनेछ ।

एल गोल डिजिटलको दावी अनुसार फिफासँग सम्बन्ध सुधार्नको लागि पिएसजीले नेयमारलाई बेच्छ सक्छ । स्रोतका अनुसार यदि पिएसजीले नेयमारलाई बेच्न खोजेको खण्डमा उनलाई किन्ने होडमा स्पेनीस जायन्ट रियल मेड्रिड नै बलियो प्रत्याशी हुनेछ ।

२५ वर्षिय नेयमार पिएसजी जानुअघि रियलमा अनुबन्ध हुने ठूलो हल्ला समेत थियो । खबरअनुसार नेयमारले पिएसजीसँग यस्तो सम्झौता गरेका छन् कि जसले उनलाई भविष्यमा रियल मेड्रिडमा फर्कन समेत सहयोगी बन्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...