बार्सिलोनालाई सुवारेजले जोगाए (भिडियो सहित)

एटलेटिकोविरुद्ध बराबरी गोल गरेपछि सुवारेज । (तस्विर एजेन्सी)

एजेन्सी । खेलको अन्तिम समयतिर लुईस सुवारेजले हेडद्वारा गोल गरेपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले आफ्नो सम्भावित हार टारेको छ ।

शनिबार राती एटलेटिको मेड्रिडको घरेलु मैदानमा भएको उक्त खेलमा पहिलो हाफको २१ औं मिनटमा साउल निगेजको गोलबाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफमा जित नजिक पुगीसकेको एटलेटिकोले अन्तिम १० मिनट सम्हालिन नसक्दा गोल खान पुगेको थियो ।

खेलको ८२ औं मिनटमा सर्जि रोबर्टको क्रस पासमा लुईस सुवारेजले हेडद्वारा सुन्दर गोल गर्दै बार्साको सम्भावित हार टारेका थिए ।

शनिबारको बराबरीपछि ८ खेलबाट २२ अंक जोड्दै शिर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडभन्दा ५ अंककले अगाडी छ ।

एटलेटिको र बार्साबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...