वाटफोर्डको घरमा आर्सनलको हार

वाटफोर्डका खेलाडीहरु आर्सनलविरुद्ध गोल गरेपछि खुशी मनाउँदै । (तस्विर : एजेन्सी)

एजेन्सी । शनिबार राती इन्जुरी समयमा टम क्लिभर्लीले गरेको निर्णायक गोलको सहयोगमा वाटफोर्डले आर्सनललाई २–१ ले हराएको छ ।

खेलको ३९ औं मिनटमा पेर मेर्टिसेकरको गोलबाट अग्रता लिएको आर्सनलले त्यसलाई अन्तिमसम्म जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको ७१ औं मिनटमा वाटफोर्डका लागि ट्रोए डिनीले पेनाल्टीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयमा टम क्लिभर्लीले दोस्रो तथा निर्णायक गोल गरे ।

जितसँगै वाटफोर्ड आठ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने आर्सन १३ अंकका साथ छैठौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...