रोनाल्डोको निर्णायक गोलसँगै रियल दोस्रो स्थानमा उक्लियो (भिडियो सहित)

ला लिगा अन्तरगत शनिबार गेटाफेविरुद्ध निर्णायक गोल गरेपछि रोनाल्डो । (तस्विर एजेन्सी)

एजेन्सी । ला लिगामा रोनाल्डोले गरेको पहिलो गोलसँगै डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले गेटाफेलाई २–१ ले हराउन सफल भएको छ ।

खेलको ३९ औं मिनटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको रियलले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सफल भयो ।

दोस्रो हाफतर्फ खेलको ५६ औं मिनटमा गेटाफेका  लागि जर्जी मोलिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको मेड्रिडका लागि खेलको ८५ औं मिनटमा क्रिष्टियानो रोनाल्डोले डि बक्सभित्रबाट गरेको कडा प्रहार गोलमा परिणत हुन पुगेको थियो ।

प्रतिबन्धपछि ला लिगामा फर्किएका रोनाल्डोको यो क्लबका लागि पहिलो गोल समेत थियो । जितसँगै मेड्रिड ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलाना भने २१ अंकका साथ शिर्ष स्थानमा छ ।

रियल मेड्रिड र गेटाफेबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...