सिटीलाई अग्रता, चेल्सी प्यालेससँग स्तब्ध

सिटीका गेब्रियल जिसस (बाँया) र अन्य खेलाडीहरु गोल गरेपछि । (तस्विर एजेन्सी)

एजेन्सी । शानदार लयमा रहेको म्यानचेष्टर सिटीले शनिबार स्टोक सिटीलाई ७–२ को फराकिलो अन्तरले हराउँदै शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीका लागि गेब्रियल जिससले दुई गोल गरे । त्यस्तै रहिम स्टर्लिङ, डेविड सिल्वा, फर्नान्डिन्हो, लेरोई सेन र बर्नाडो सिल्वाले एक–एक गोल गरे ।

उता पराजित स्टोकका लागि मेम बिरम डियोफले एक गोल फर्काए भने थप एक गोल सिटीका रक्षक काइल वाल्करले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

जितसँगै ८ खेलबाट २२ अंक जोडेको सिटीले दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडभन्दा २ अंकका अग्रता हासिल गर्न सफल भएको छ ।

प्रिमियर लिगमा प्यालेसको पहिलो जित

प्रिमियर लिग अन्तरगत जितविहीन खराब लयमा रहेको क्रिस्टल प्यालेसले पहिलो जित हात पार्न सफल भएको छ ।

पहिलो जित हात पार्ने क्रममा प्यालेसले डिफेन्डीङ च्याम्पियन चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

शनिबार नै भएका अन्य खेलहरुमा स्वान्सीले हुडर्सफिल्डलाई २–० ले हरायो भने टोटेनह्यामले बर्नमाउथलाई १–० ले पराजित गर्यो । त्यस्तै बर्नली र वेस्टह्यामले भने १–१ गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...