लिभरपुलको घरमा युनाइटेडको बराबरी

लिभरपुलका फिलिपे काउटिन्हो (रातो) युनाइटेडका खेलाडीविरुद्ध बलका लागि भिड्दै । (तस्विर एजेन्सी)

एजेन्सी । दुई चिरप्रतिद्वन्द्वी लिभरपुल र म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग अन्तरगत शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको उक्त खेलमा युनाइटेडका गोलरक्षक डेविड डि जियाको उत्कृष्ट बचाउ र लिभरपुलको कमजोर फिनिसिङका कारण खेल गोलरहित बराबरीमा टुँगियो ।

लिभरपुलको प्रहार बचाउ गर्दै युनाइटेडका गोलरक्षक डि जिया (कालो जर्सीमा) । (तस्विर एजेन्सी)

युनाइटेडविरुद्ध अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेर पनि लिभरपुलले प्राप्त गोलको अवसरलाई सदुपयोग गर्न सकेन । लिभरपुलका लागि युनाइटेडका गोलरक्षक डि जिया पनि बाधक बने । उनले लिभरपुलका केही डरलाग्दो प्रहार विफल तुल्याइदिएका थिए ।

शनिबारको नतिजापछि छैठौं स्थानमा उक्लिएको लिभरपुलले ८ खेलको समाप्तीपश्चात् मात्र एक खेलमा जित हात पारेको छ । उता बराबरी खेल्दै अंक बाँडेको युनाइटेड भने २० अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...