“रोनाल्डोको किर्तिमान तोड्न सक्छन् लुकाकु”

रोनाल्डो (बाँया) तथा लुकाकु (दाँया) ।

एजेन्सी । म्यानचेष्टर युनाइटेडका पूर्व स्टार डिफेन्डर माइकल सिल्वेस्टरका अनुसार बेल्जियन फरवार्ड रोमेलु लुकाकुले यस सिजन ३१ गोल गर्दै क्रिष्टियानो रोनाल्डोले बनाएको किर्तिमान तोडन सक्छन् ।

ओल्ड ट्राफोर्डमा रहेको बेला रोनाल्डोले आफ्नो पाँचौं सिजनमा युनाइटेडका लागि सबै खेलहरुमा गरेर कुल ४२ गोल गरेका थिए । साथै प्रिमियर लिगमा ३१ गोल गर्दै सन् २००७–०८ को सिजन अन्त्य गरेका थिए ।

तत्कालका लागि लुकाकु यो लक्ष्यबाट टाढा नै छन् । यद्यपि यी २४ वर्षिय फरवार्डले यस सिजन युनाइटेडका लागि १० खेलमा ११ गोल गरिसकेका छन् । त्यसमध्ये ७ गोल उनले प्रिमियर लिगमा गरिसकेका छन् ।

एक स्पोर्टस् अनलाईनसँग कुरा गर्दै सिल्वेस्टरले भनेका छन् “लुकाकु आफ्नो पहिलो सिजनमै रोनाल्डोको किर्तिमान तोेड्न सक्छन् । यसले लुकाकु र क्लब दुवैलाई फाइदा गर्नेछ । सिजनको अन्त्यसम्म धेरै परिवर्तन आउन सक्छ तर उनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन सक्नुपर्छ ।”

दुई हप्ताको अन्तर्राष्ट्रिय ब्रेकपछि युनाइटेडले प्रिमियर लिग अन्तरगत आज शनिबार चिरप्रतिद्वन्द्वी लिभरपुलसँग उसकै घरेलु मैदान एनफिल्डमा खेल्देछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...