कोन्टे एसी मिलान आउने कुरा गलत !

एन्टोनियो कोन्टे । (तस्विर एजेन्सी)

एजेन्सी । चर्चित इटालियन क्लब एसी मिलानका निर्देशक मिसिमिलियानो मिराबेलीले तत्कालका लागि मिलानको प्रशिक्षकमा विन्सेन्जो मोन्टेला नै रहने बताएका छन् । साथै मिसिमिलियानोले क्लबमा चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेलाई ल्याउने कुरालाई पनि अस्वीकार गरेका छन् ।

यस सिजन मिलानका प्रशिक्षक मोन्टेलाले क्लबका लागि निकै सुस्त र औसत सुरुवात गरेका छन् । जारी सिजन अन्तरगत सिरि ए मा मिलान सातौं स्थानमा छ ।

हालैको समर ट्रान्सफरमा खेलाडी अनुबन्ध गर्न १०० मिलियन डलर भन्दा बढी रकम खर्च गरे तापनि मिलानको प्रदर्शनमा कुनै सुधार आउन सकेको छैन । इटालीका कतिपय सञ्चारमाध्यमहरुले बायर्नका पूर्व प्रशिक्षक कालो एन्सेलोट्टी र एन्टोनियो कोन्टे मिलानको भावी म्यानेजरका रुपमा रहेको उल्लेख गरेका छन् ।

यस विषयमा क्लबका निर्देशक मिसिमिलियानोले भनेका छन् “हामीसँग एउटा मात्र प्रशिक्षक छ । हामीले कोन्टे वा अन्य कुनै प्रशिक्षकका बारेमा सोचेका छैनौं ।”

स्मरणीय छ कि कोन्टेले चेल्सीमा प्रशिक्षकीय जिम्मेवारी सम्हाले लगतै शानदार सुरुवात गरेका थिए । र आफ्नो पहिलो कार्यकाल मै चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...