जर्मनीलाई पछि पार्दै एसियाली मुलुक इरान समूह विजेता

इरानका खेलाडी कोस्टारिकाविरुद्ध गोल गरेपछि खुशी मनाउँदै । (तस्विर फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा एसियाली मुलुक इरान समूह सी को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

शुक्रबार समूह चरणको अन्तिम खेलमा कोस्टारिकालाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै इरान शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । तीन खेलबाट ९ अंक जोडेको इरान समूह सी को शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो ।

शुक्रबार नै भएको सोही समूहको अर्को खेलमा जर्मनीले गुएनालाई ३–१ ले हरायो । जितसँगै जर्मनी ३ खेलबाट ६ अंक जोड्दै समूह सी को उपविजेताको हैसियतमा नकआउट चरण प्रवेश गर्न सफल भयो । जर्मनीले समूह चरण अन्तरगत इरानसँग मात्र एक खेल हारेको थियो ।

त्यस्तै समान १–१ अंक जोडेका गुएना र कोस्टारिका तेस्रो र चौथो स्थानमा छन् र समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...