एटलेटिको विरुद्ध कमब्याक गर्न चाहन्छन् इनिष्टा

एजेन्सी । बार्सिलोनाका कप्तान आन्द्रेस इनिष्टाले स्पेनीस ला लिगा अन्तरगत १४ अक्टुबरमा एटलेटिको मेड्रिडविरुद्धको खेलमा कमब्याक गर्ने विश्वास व्यक्त गरेका छन् ।

लास पाल्मासविरुद्ध हेमस्ट्रिङ चोटका कारण मैदान बाहिर रहेका इनिष्टाले विश्वकप छनौट अन्तरगत स्पेनले खेलेको अन्तिम दुई खेलमा पनि राष्ट्रिय टोलीका लागि अनुपस्थित थिए ।

त्यस्तै बार्सिलोनाले पनि ३३ वर्षिय कप्तान इनिष्टाले मैदानमा अभ्यास गर्न सुरु गरेको बताएको छ ।

इनिष्टाले भनेका छन् “डाक्टरका अनुसार म पूर्ण ठिक हुन १० दिन लाग्नेछ । म छिटै मैदानमा कमब्याक गर्नेछु । यद्यपि म एटलेटिकोविरुद्ध खेल्न सक्छु कि सक्दिन त्यो हेर्नुछ । म यसबारे सकरात्मक सोंच राख्ने गर्दछु र म धैर्य गर्न पनि सक्छु । मलाई विश्वास छ, म टोलीसँग् मेड्रिड जानेछु ।”

यसअघि बार्सिलोनाले एउटा भिडियो अपलोड गरेको थियो, जसमा इनिष्टाले पनि अभ्यास गरिरहेको देखाइएको थियो ।

अन्तर्राष्ट्रिय ब्रेकपछि क्लबका अधिकांश खेलाडीहरु अभ्यासमा फर्के तापनि क्लबका स्टार खेलाडीहरु लियोनल मेसी, जेभियर मास्चेरानो र लुईस सुवारेज भने अझै फर्किएका छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...